दार्चुला हिमपहिरो : थप एक जनाको शव भेटियो


काठमाडौं  – दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।

१९ वैशाखमा दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनो शव फेल पारेको हो ।

डोटीको जोरायल गाउँपालिका(२ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं। ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । हिम पहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया