

स्वतन्त सांसद अमरेशविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सर्लाहीका विकास कुमार ठाकुरले अमरेशविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।
सांसद सिंहले राजनीतिबाहेक अन्य कुनैपनि पेसा वा व्यवसायमा संलग्न नभएको हुँदा अकुत सम्पत्ति जम्मा गरेको विषयमा अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेका छन्।
उनी मंसिर ४ को आम निर्वाचनमा सर्लाही ४ बाट स्वतन्त्रबाट विजयी भएका थिए । यस अगाडि उनले नेपाली कांग्रेसबाट राजनीति गर्दै आइरहेका थिए।

