पतञ्जली सहित विभिन्न पेय पदार्थमाथि जरिवाना, किन भयाे कारबाही ?


नयाँदिल्ली – भारतको केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले कोक, पेप्सी र बिसलेरीमाथि करिब ७२ करोड भारुको भारी जरिवाना लगाएको छ । यो जरिवाना प्लास्टिकको फोहोरको डिस्पोजल र कलेक्सनको जानकारी सरकारी बोर्डलाई नदिएको भन्दै लगाइएको हो ।

बिसलेरीमाथि १०.७५ करोड भारु, पेप्सिको इन्डियामाथि ८.७ करोड र कोका कोलामाथि ५०.६६ करोड भारु जरिवाना लगाइएको हो ।रामदेवको पलञ्जलीमाथि पनि १ करोड भारुको जरिवाना लगाइएको छ । अर्को एउटा कम्पनीमाथि ८५.९ लाख रुपैयाँ जरिवाना लगाइएको छ ।

बार्डले १५ दिनभित्र जरिवाना रकम चुक्ता गर्न आदेश लिएकाे छ । प्लास्टिकको फाहोरको मामिलामा एक्सटेन्डेड प्रोड्युसर रिस्पन्सबिलिटी एउटा नीतिगत मापदण्ड हो जसको आधारमा प्लास्टिकको निर्माण गर्ने कम्पनीले उत्पादनको डिस्पोजलको जिम्मेवारी लिनुपर्ने हुन्छ ।

बिसलेरीको प्लास्टिकको फोहोर करिब २१ हजार ५ सय टन रहेको छ । यसमाथि ५ हजार भारु प्रति टनको हिसाबले जरिवाना लगाइएको छ । पेप्सीसँग ११,१९४ टन प्लास्टिकको फोहोर छ । कोका कोलासँग ४,४१७ टन प्लास्टिकको फोहोर थियो । यो फोहोर जनवरीदेखि सेप्टेम्बर २०२० बीचको थियो ।

प्रतिक्रिया