ढाकाकुमारले दिएको रिटमा न्यायाधीश श्रेष्ठको इजलासमा आज सुनुवाई हुँदै


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा हालेको रिटमा आज सुनुवाई हुने भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि श्रेष्ठले आइतबार सर्वोच्चमा श्रेष्ठले हालेको रिटको आज सुनुवाई हुने भएको हो ।

उनले दिएको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाई हुने भएको छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय आचरण तथा अनुशासन समिति केन्द्रिय कार्यालय बसुन्धारा काठमाडौ समेत र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय आचरण तथा अनुशासन समिति केन्द्रिय कार्यालय बसुन्धारा काठमाडौ समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

मन्त्री हुनलाई मेडिकल व्यवसायी प्रसाईंसँग पैसा मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन्।

प्रतिक्रिया