
कंगोमा बाढीका कारण १०० भन्दा बढीको मृत्यु
किन्शासा – पूर्वी कंगोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि सोबारे जानकारी दिएका हुन् । उनले नजिकैको किभु तालको किनारबाट शव संकलन भइरहेको पनि बताएका छन् । बिहीबार साँझदेखि सुरु भएको भारी वर्षापछि दुईवटा नदीले आफ्नो किनार तोडेर विनाश मच्चाएका छन् ।
यस्तै, पहिरोले सयौँ घरहरू ध्वस्त भएका छन् भने अन्य ठूलो धनजनको क्षति भएको बताइएको छ । न्यामुकुबी गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरू बाढीले बगाएको स्थानीय बासिन्दाले अनुमान गरेका छन् ।



कागजपत्र |
