भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुन राष्ट्रपतिकाे निर्देशन


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणका विषयमा कडाइका साथ प्रस्तुत हुन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औं स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचारले समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा कडाइका साथ प्रस्तुत हुन जरुरी देखिएको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले भ्रष्टाचार न्यूनीकरण गर्न राजनीतिक, आर्थिक, सामाजिक लगायतका पक्षलाइ साथै अव्यवस्था र गैरकानुनी विचलनलाई अन्त्य गर्नु पर्नेमा जोड दिएकी छन् ।

प्रतिक्रिया