

कांग्रेस पदाधिकारी बैठक बस्दै, भातृ संगठनलाई पूर्णता दिने तयारी

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक चार बजे बस्दै छ। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेसका भातृ संस्थाहरुलाई पूर्णता दिनेबारेमा छलफलका लागि पदाधिकारी बैठक बस्न लागेको हो।
बिहीबारको बैठकमा मन्त्री छनोटबारे पार्टीका पदाधिकारी र सभापति देउवाबीच भनाभन नै परेपछि भातृ संस्थाबारेमा छलफल हुन सकेको थिएन। उक्त विषयमा आज छलफल हुने बताइएको छ।
आजको पदाधिकारी बैठक बिहान १० वजे बोलाइएको भए पनि पछि चार बजेका लागि सारिएको थियो। आजको बैठकबाट नेविसंघ, तरुण दल र नेपाल महिला संघलाई पूर्णता दिने तयारी कांग्रेस सभापति देउवाले गरेका छन्।
नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र महिला संघको अध्यक्षमा उषा मिश्र मनोनित भए पनि पदाधिकारी र केन्द्रीय सस्यहरु भने मनोनित हुन सकेका छैनन्।

