हेलिकोप्टर दुर्घटनामा ५ घाइते, सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी


काठमाडौं – संखुवासभाको भोटखोला – ४ सिप्रुङको जिजिंखामा भएको हेलिहोप्टर दुर्घटनामा ५ जना गम्भीर घाइते भएको जनाइएको छ ।

घटनास्थलमा रहेका वाङ भोटेका अनुसार उक्त दुर्घटनामा पाइलट, कोपाइलट सहित हेलिको टिम सदस्य छिरिङ भोटे, स्थानय भबिन गुरुङ र सुरेन्द्र पौडेल घाइते भएको जनाइएको छ ।

उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी पनि भइरहेको जनाइएको छ ।

उक्त हेलिकोप्टर माथिल्लो अरुणको सामान लिएर आयोजनास्थल जाँदै गरेको पनि जनाइएको छ ।

May be an image of 5 people, people climbing and helicopter

May be an image of helicopter, motorcycle and text

May be an image of 4 people, motorcycle and helicopter

May be an image of 5 people, helicopter and motorcycle

 

 

प्रतिक्रिया