सैपालको च्याङ्ग्राः पोखरामा बजार


सैपाल–सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेडा÷च्याङ्ग्रा लैजादै गर्दा कैलालीको अत्तीरयामा भेटिए । व्यावसायिक रुपले भेडा÷च्याङ्ग्रा पालन गर्दै आएको साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दशैंमा लागि बिक्री गर्न १ सय १२ वटा भेडा÷च्याङ्ग्रा लिएर पोखरा हिँडेका छन् ।

बझाङ सदरमुकाम चैनपुरसम्म पुग्न दुई दिन पैदल हिँडेर आएका बोहराले पोखरामा सैपालको भेडा÷च्याङ्ग्राको व्यापार लामो समयदेखि रहेको बताए । ‘हाम्रो सुदूरपश्चिममा दशैं तिहारजस्ता चाडपर्वमा खसीको मासुलाई बढी महत्व दिन्छन् ।’ बोहराले भने, ‘भेडा÷च्याङ्ग्राको माग पोखरा र काठमाडौंलगायत शहरमा बढी हुन्छ । विगत चार वर्षदेखि चाडपर्वका बेला भेडा÷च्याङ्ग्रा खरिद बिक्रीमा सक्रिय उनले सात दिनको यात्रापछि पोखरा पुग्ने गरेको बताए ।

‘बाटोमा चराउदै लैजादा सात दिनमा भेडा÷च्याङ्ग्रा पोखरा पु¥याउँछौँ ।’ उनले भने, ‘सुदूरपश्चिममा यसको माग छैन ।’ सैपालका स्थानीय अधिकांशले भेडा÷च्याङ्ग्रा पालनलाई मुख्य व्यवसाय बनाउँदै आएका छन् । दुई दिनअघि मात्रै छ ट्रक भेडा÷च्याङ्ग्रा पोखराका लागि यहाँबाट हिँडेका छन् ।

कोरोना भाइरस महामारीका बेला भेडा÷च्याङ्ग्रा व्यापार समेत प्रभावित हुने अवस्थामा पुगेको बोहराको भनाइ छ । ‘सैपालमा च्याङ्ग्राको ओजन हेरेर रु १९ हजारदेखि २७ हजारसम्म खरिद गरेर ल्याएको छु’, उनले भने, ‘यो व्यापारमा कहिले नाफा त कहिले घाटा पनि हुन्छ ।’ उनले पूरै गाउँपालिकाभरिका किसान लामो समयदेखि च्याङ्ग्रा पालन गर्दै आएको बताए ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सैपालमा विकासका योजना अघि बढिरहेका छन् । स्थानीय सरकार आइसकेपछि सडक पुर्वाभारसित सैपाल जोडिने क्रममा रहेको उनको भनाइ छ । चीनको उरै नाका नजिक पर्ने सैपाल गाउँपालिकाका किसान भेडा÷च्याङ्ग्रा चराउन चीनको भूमिसम्म जाने गरेको बोहराको भनाइ छ ।

‘चीनको सीमा क्षेत्रका गाउँका चिनियाँ पनि गाईवस्तु चराउन हाम्रोमा आउँछन्’, उनले भने, ‘हिमालमा भेडा÷च्याङ्ग्रा पालन गर्न सहज भने छैन ।’ सैपालमा गहुँ, जौ र आलु फल्ने गरेको छ । स्थानीय बढीजसो भेडा÷च्याङ्ग्रा बिक्री गरेर परिवारको खर्च चलाउने गरेका छन् । ‘दशैँमा पोखरासितको च्याङ्ग्रा व्यापारले हाम्रो वर्षभरिको खर्च चल्छ’, उनले भने, ‘पोखराबाट पनि दशैंमा च्याङ्ग्रा माग गर्दै धेरै फोन आउँछन् ।’ बझाङबाट पोखरा पु¥याएबापत प्रतिट्रक रु ७० देखि ८० हजार ढुवानी खर्च लाग्ने गरेको छ ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले सैपालका किसानले वार्षिक रु डेढदेखि दुई करोडको भेडा÷च्याङ्ग्राको व्यापार गर्ने गरेको बताए । ‘पहिले स्थानीयस्तरमै भेडा खाद्यान्न ढुवानीमा बढी प्रयोग गरिन्थ्यो’, अध्यक्ष धामीले भने, ‘गाउँपालिकाका ५० प्रतिशतले भेडा÷च्याङ्ग्रा पालनमा लागेका छन् ।’ पाँच वडा रहेको साइपाल गाउँपालिकाको जनसंख्या तीन हजार रहेको छ ।

विगतमा भेडा÷च्याङ्ग्राको व्यापार सन्तोषजनक नरहे पनि २०७३ सालयता भने पोखरा र काठमाडौं बिक्रीका लागि लैजान थालिएको अध्यक्ष धामीको भनाइ छ । उनले भेडा÷च्याङ्ग्रा पालनमा सक्रिय किसानलाई संघ र प्रदेश सरकारबाट अनुदान दिने विषयमा कुराकानी भइरहेको बताए । ‘यहाँ स्थानीयले जडीबुटीको व्यापार पनि छिमेकी मुलुक चीनसित गर्दै आएका छन्,’ उनले भने, ‘चैनपुरबाट यहाँ पुग्न हिँडेर दुईदेखि तीन दिन लाग्छ ।’ (रासस)

प्रतिक्रिया