भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : प्रतीक थापा


काठमाडौं – पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले यस प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका हुन् । उनले शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित नाम जोडिएको प्रति खेद प्रकट गर्दै खण्डनसमेत गरेका छन्।

‘अनुसन्धान प्रक्रियालाई म सघाउनेछु। संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया