सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढ्यो


काठमाडौं – सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ ।

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।

प्रतिक्रिया