मुख्यमन्त्री आदित्यनाथको निमन्त्रणमा १० दिनका लागि भारत जाँदै पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लागेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लागेका हुन् ।

करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेको बताइएको छ ।

पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उनको सचिवालयले जनाएको छ। पूर्व युवराज पारस भने निर्मल निवासमै रहने छन् ।

प्रतिक्रिया