हेटौंडा जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


काठमाडौं — मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतस्थित हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक बारा जिल्लाको पर्सौनि नगरपालिका–५ का २५ वर्षीय लाल बाबु सहनी र मोटरसाइकलको पछाडि बसेका सोहि स्थानका २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको हो।

मृतक दुबैजनाको शव हेटौंडा अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यलय मकवनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

प्रतिक्रिया