

रोकिएको बसमा वीङ्गर ठोक्किदा १३ जना घाइते

धनगढी – कञ्चनपुरमा रोकिएको बसमा वीङ्गर ठोक्किदा १३ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका-२ मछेली पुल नजिकै सडक छेउमा रोकिएको से १ ख११९४ नम्बरको बसमा से १ ज ९५४ नम्बर वीङ्गर ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार घाइते मध्ये ७ जनाको अवस्था मध्यम छ भने ६ जना समान्य छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। बस बिग्रिएर सडकमा रोकेका बेला वीङ्गरले पछाडिबाट ठक्कर दिएको हो।

