महेश बस्नेत भन्छन्, ‘जुनसुकै दलका भए पनि शरणार्थी प्रकरणमा दोषी सबैलाई कारबाही हुनुपर्छ’


काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्नुपर्ने जनाएका छन् ।

पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई काबारही गर्न दलहरु एक हुनुपर्ने बताएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित छ । नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाहि गर्नु पर्दछ ।’

एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया