भीम र गुल्सनको शानदार साझेदारीले नेपाल बलियो स्थितिमा


काठमाडौं – नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नतिजा आउने निश्चित भएको छ । भीम सार्की र गुल्सन झाले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याएका छन् ।

२० ओभरको खेल सकिएसँगै खेलमा हार जित निश्चित भएको हो ।

डिएल मेथड अनुसार नेपालले ३ विकेट गुमाएको अवस्थामा जितका लागि २० ओभरमा ४५ रन बनाउनुपर्ने थियो । नेपालले अहिले २२ ओभरमा स्कोर अहिले ७० बनाएको छ । अर्थात् नेपाल डिएल मेथडमा धेरै अगाडि भएकाले तत्काल वर्षा भएर खेल हुन सकेन भने नेपालले जित्ने छ ।

सुरुमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई गुल्शन झाले माथि उकासेका हुन् । उनले ४ छक्कासहित ४७ रन बनाएर खेलिरहेका छन् । उनलाई भीम सार्कीले १० रन बनाएर साथ दिइरहेका छन ।

प्रतिक्रिया