एसीसी प्रिमियर कपः बाँकी फाइनल खेल हुँदै, आज टिकट नलाग्ने


काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गतको फाइनल खेल आज हुँदैछ । सोमबार सुरु भएको फाइनल खेलमा वर्षा बाधक बनेपछि रिजर्भ दिनका रुपमा राखिएको आज बाँकी खेल खेलाइन लागेको हो ।

हिजो जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट आज सुरु हुने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो । यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो ।

नेपालका लागि ललित राजवंशीले अन्तिम दुई बलमा दुई विकेट लिँदै आज ह्याट्रिकमा रहेका छन् ।

फाइनल खेल मंगलबार बिहान ९ बजे सुरू हुनेछ ।

यसैबीच फाइनल खेलका लागि आज टिकट नलाग्ने पनि क्यानले जनाएको छ ।

 

प्रतिक्रिया