
भोलि नेपाल र यूएईबीच फाइनल खेल हेर्न टिकट नचाहिने
काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ । वर्षाका कारण खेल रोकिएपछि भोली (मंगलबार) आज रोकिएकै स्थितिबाट खेल सुरु गर्ने जनाइएको छ ।
आज पानी पर्नुअघि यूएईले २७।३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ । आज यो स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।



कागजपत्र |
