

देश विकासको नाममा विनाश भइरहेको छः पूर्वउपकुलपति माथेमा

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले देश विकासको नाममा विनाश भइरहेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित जीवन क्षेत्रीद्धरा लिखित ‘नुन तेल’ नामक पुस्तक विमोचन कार्यक्रममा पूर्वउपकुलपति माथेमाले राजनीतिज्ञ र व्यापारीहरु मिलेर देशको विनाश गरिरहेका आरोप लगाएका हुन् ।
उनले भने, ‘हामी विकास भन्छौं । विकास भन्ने बित्तिकै प्रकृतिको नास हो । राजनीतिज्ञ साथीहरू र व्यापारी साथीहरू मिलेर साच्चीनै काठमाडौंको विनाश गरिरहेका छन् । अहिले नै यस्तो भैईसक्यो काठमाडौं पछि सम्म कस्तो होला ?’
पुस्तकमा पहिलेका पुर्खाहरूले नुन तेलको लागि गरेको ओहाेर दोहोरको यात्रालाई व्याख्या गरिएको छ । सामाजिक इतिहासलाई पनि समेटिएको छ । उनले देशमा लोकतन्त्र चाहिने हो भने लेखक जीवन जस्ता मानिसहरूको जन्म हुनुपर्ने तर्क गरे ।

