एसीसी कप : नेपालको उत्कृष्ट सुरुवात, कुवेतको ५ विकेट गुम्यो


काठमाडौं – एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा कुवेतले पाँचौँ विकेट गुमाएको छ । लक्ष्य जोगाउन नेपालको उत्कृष्ट सुरुवातसँगै करन केसीले सिराज खान आयट गरेका हुन्।

यसअघि उनले ९ रन बनाएका राभिजा सान्दारुवान, ५ रन बनाएर मित भावसार र शून्य रन बनाएका अदनान इद्रिसलार्ई आउट गरेका थिए । त्यस्तै खेलमा सोमपाल कामीले एक विकेट लिएका छन् । उनले परविन्दर कुमारलाई आउट गरेका थिए । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए । मात्र २२ रन बनाउँदा कुवेतका ५ खेलाडी पभिलियन फर्किसकेका छन् ।

प्रतिक्रिया