चट्याङ लागेर पश्चिम बंगालमा १५ जनाको मृत्यु


नयाँदिल्ली – मेघगर्जन र चट्याङसँगै पश्चिम बंगालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौं घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बंगाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ ।

चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । भारतीय मौसम विज्ञान विभागले आगामी २४ घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ ।

सरकारी तथ्यांकअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया