कर्णालीका मुख्यमन्त्रीले आज तेस्रो पटक विश्वासको मत लिँदै


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (शुक्रबार) तेस्रो पटक विश्वासको मत लिँदैछन् ।

२७ चैत्रमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका शर्माले ६ माघमा पहिलो पटक सांसदबाट विश्वासको मत लिएका थिए ।

राप्रपाले समर्थन फिर्ता लिएपछि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले राप्रपा बाहेकका सबै दल र सांसदको मत पाएका थिए । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा शर्माले विश्वासको मत लिने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया