आईपीएलः चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान शीर्षस्थानमा


काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराएको छ ।

पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । जितका लागि २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो ।

यो जितसँगै राजस्थान अंक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ । यस्तै चेन्नाई पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ ।

राजस्थानको जितमा सबैभन्दा धेरै यशस्वी जयसवालले ७७ रन बनाए । ४३ बलमा उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए ।

 

प्रतिक्रिया