

सामुदायिक विद्यालयमा ‘टाइ’ अनिवार्य नगर्नू : काठमाडौं महानगरपालिका

काठमाडौं – काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीलाई ‘टाइ’ अनिवार्य नगर्न निर्देशन दिएको छ । महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै कुनै पनि कक्षामा टाइ अनिवार्य नगर्न निर्देशन दिएको हो ।
टाइ अनिवार्य नगर्न महानगरपालिकाको शिक्षा समितिले गत २८ चैतमा निर्णय गरेको थियो । सोही निर्णय अनुसार विद्यालयहरूलाई बिहीबार परिपत्र गरिएको महानगरले जनाएको छ ।

