बालाजुको कोतः धुकु पेट्रोल पम्पमा महानगरको ताला


काठमाडौं – काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ ।

महानगरको नगर प्रहरीले बिहीबार बालाजुचोक नजिकै रहेको कोतः धुकु पेट्रोल पम्प सिल गरेको हो ।

मापदण्डविपरित घरकाे सटरमा पेट्रोल पम्प सञ्चालन गरेकाे भन्दै महानगरले  पेट्रोल पम्पमा सिल गरेकाे  नगरप्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।

जसमा कोतःधुकु आयल स्टोरबारे तीन वटा जिज्ञासा राखेको थियो । निगमका अधिकारीहरुकाअनुसार पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा के हो ? भनेर गम्भीर चासो राखिएको थियो ।

पत्रको जवाफमा आयल निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने धारणा व्यक्त गरेको थियो । जस अनुसार बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको प्रमुख पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया