आन्तरिक राजश्व विभागको महानिर्देशकमा मैनाली नियुक्त


काठमाडौँ – आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् ।

विभागको जिम्मेवारी दिई सहमतिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति पछि उनले विभागको कार्यभार सम्हाल्ने ती स्रोतको भनाई छ । यसअघि महानिर्देशक रहेका विनोद बहादुर कुँवरको सरुवा भएसँगै रिक्त पदमा राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीलाई पठाइएको हो ।

यसअघि पनि मैनालीले आन्तरिक राजश्व विभाग जान निकै प्रयास गरेका थिए ।

प्रतिक्रिया