सुनको मूल्य घट्यो, आज तोलामा कति ?


काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज तोलामा एक सय रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ।

प्रतिक्रिया