

अन्तिम खेलमा कतारविरुद्ध नेपालको खराब ब्याटिङ, २१ ओभरमा ६ विकेट गुम्यो

काठमाडौं – एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह एको अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २१ ओभरमा सुरुवाती छ विकेट गुमाइसकेको छ।
नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए।
नेपालका सुरुवाती दुवै विकेट कतारका गयान मुनवीराले लिए।
ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२।४ ओभरमा आउट भए। कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए। उनले ३६ बलमा २ चौका प्रहार गरे।
कुशल मल्ल पाँचौ विकेटको रुपमा १७।१ ओभरमा आउट भए। उनले ३ रन मात्र जोड्न सके।
यस्तै सोमपाल कामी ११ रनमा आउट भए। नेपालले २१ ओभरमा ६ विकेट गुमाउँदा ८४ रन जोडेको स्थिति थियो।
बलिङमा कतारका मुनवीरा र ओवाइस अहमेदले २–२ विकेट लिएका छन्।
नेपालका लागि अहिले दीपेन्द्रसिंह ऐरी र आरिफ शेख ब्याटिङ गरिरहेका छन्।

