

धनगढीको सौन्दर्यका लागि ६ लेनको सडकमा रोपियो बोटबिरुवा

कैलाली – मोहना पुल–अत्तरिया सडक खण्डमा बिभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन् ।
उक्त क्षेत्रमा रहेको ६ लेन सडकको सौन्दर्यीकरण गने भन्दै तीन हजार बढी बोटबिरुवा रोपिएका हुन ।
धनगढी उपमहानगरपालिका र सूर्य नेपाल प्रालिको संयुक्त प्रयासमा झन्डै ४ हजार बोटबिरुवा रोपिएको हो ।
जसअनुसार मोहना पुलदेखि धनगढी एयरपोर्टसम्मको ६ लेन सडकमा वृक्षरोपण गरिएको र बिरुवा संरक्षणका लागि दुवै तिरबाट तारजाली लगाउने कार्यसमेत भएको उपमहानगरपालिकाले जनाएको छ ।

