समाजवादका आधारहरू निर्माण गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्छ : मदनकुमारी शाह


काठमाडौं – राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले संविधानले समाजवादका आधारहरु निर्माण गर्नेतर्फ देशको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताएकी छन् ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले सो बताएकी हुन् ।

देशलाई मुलुक असफल हुनुबाट जोगाउनुपर्ने बताएकी उनले ओरालो लागेको अर्थतन्त्रलाई उकालो तिर लैजान र देशलाई असफल हुनबाट जोगाउनुपर्ने बताइन् । यसका लागि देशलाई श्रीलंका र पाकिस्तानको बाटोमा हिँडाउन नहुने उनको भनाइ छ ।

प्रतिक्रिया