


मनमोहन अधिकारीको शालिकमा ओलीद्वारा माल्यार्पण

काठमाडौँ – मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उनको शालिकमा माल्यार्पण गरेका छन् ।
२४ औं स्मृति दिवसको अवसरमा बुधबार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरेका हुन् ।
सो अवसरमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष थिए ।
नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

