
गण्डकीमा प्रदेश प्रमुख गुरुङद्वारा नयाँ सरकार गठनको आह्वान
काठमाडौँ – गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलवार सरकार गठनका लागि आह्वान गरेका हुन्।
गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका छन्।
नयाँ सरकार गठनका लागि तीन दिनको समय दिइएको छ। वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिइएको हो। विश्वासको मत पाउन नसकेपछि गण्डकीमा वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो।



कागजपत्र |
