मतगणना नसकिँदै जितनारायणले खादा लगाएर रविलाई दिए बधाई


काठमाडाैं – चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ। मतगणनाको अन्तिम परिणाम नआउँदै कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले रास्वपा उम्मेदवार रवि लामिछानेलाई खादा लगाएर बधाई दिएका छन्।

लामिछानेले धेरै मतान्तर बनाइसकेकाले जित निश्चित भइसकेको छ।

लामिछानेले अहिलेसम्म ४५ हजार ८ सय ४२ मत ल्याइसकेका छन् भने जितनारायणले ८ हजार ४ सय २५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत ल्याएका छन्।

 

प्रतिक्रिया