
स्वर्णिमलाई गोविन्दले लगाइदिए माला
तनहुँ — तनहुँ १ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई सोही ठाउँमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले माला लगाइदिएर बधाईसमेत दिएका छन्।
रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए।
आज बिहान दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्रसमेत दिएको छ।
उक्त कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराई पनि पुगेका थिए।
विजयी भएका स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई तथा शुभकामना दिएका छन्।



कागजपत्र |
