
दिल्लीबाट पनि अगाडि बढ्यो जहाज…
काठमाडौं — काठमाडौंबाट युएईका लागि उडेको फ्लाइ दुबइको जहाज दिल्लीबाट पनि अगाडि गन्तव्यतर्फ लागेको छ ।
त्रिभुवन विमानस्थलबाट उडेको उक्त जहाज दिल्लीमा अवतरण गर्ने जनाइए पनि जहाजमा कुनै समस्या नभएकोले गन्तव्यतर्फ नै लागेको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
जहाजका पाइलटले काठमाडौंको आकाशबाट बाहिरिने क्रममा जहाज सुरक्षित रहेको त्रिभुवन विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए ।
काठमाडौंबाट ९ बजेर १९ मिनेटमा उडेको उडान नं. FDB576 नम्बरको जहाज उड्ने बित्तिकै एउटा इन्जिनमा आगलागी भएपछि यही अवतरण गर्ने सम्भावना रहे पनि पाइलटले गन्तव्यतर्फ नै उडाएका हुन् । जहाजमा १६९ जना यात्रु रहेको जनाइएको छ ।



कागजपत्र |
