
गन्तव्यतर्फ लाग्यो फ्लाई दुबई, अहिले दिल्ली नजिकैको आकाशमा
काठमाडौं — फ्लाई दुबईका पाइलटले काठमाडौंबाट युएईका लागि उडेको जहाज सुरक्षित रहेको बताएका छन् ।
त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई उनले सो जानकारी गराएका हुन् ।
काठमाडौंबाट ९ बजेर २९ मिनेटमा उडेको उडान नं. FDG576 नम्बरको जहाज उड्ने बित्तिकै एउटा इन्जिनमा आगलागी भएपछि यही अवतरणको प्रयास गरेपछि पाइलटले गन्तव्य तर्फ नै उडाएका छन् ।
जहाजको इन्धन घटाउनुपर्ने भएकाले जहाज दिल्ली वा गन्तव्यमा नै पुर्याउने तयारी गरेको अनुमान छ । जहाज अहिले उत्तरप्रदेशको आकाशमा पुगिसकेको छ ।
जहाजमा १६७ जना यात्रु रहेको जनाइएको छ ।



कागजपत्र |
