चितवन २ मा रामप्रसाद न्यौपानेसँग तीन हजार ७०७ मतान्तरले रविको अग्रता


चितवन – चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपचुनावमा मतगणना चलिरहेको छ । अहिलेसम्म बाह्र हजार दुई सय ५४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेको अग्रता कायमै छ ।

ताजा मत परिणाम अनुसार लामिछानेले ६ हजार पाँच सय ६८ मतसहित अग्रता लिइरहेका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले दुई हजार आठ सय ६१ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् । उनीहरूबीच तीन हजार सात सय ७ मतको अन्तर रहेको छ ।

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले दुई हजार छ सय अठासी मत प्राप्त गरेका छन् । श्रेष्ठ लामिछानेभन्दा तीन हजार आठ सय ८० मतले पछि छन् । गत मंसिर ४ गते नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले राम्रो भोट पाएको इच्छाकामना गाउँपालिकामा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन् ।

प्रतिक्रिया