

बारा २ मा जनमत र गठबन्धका उम्मेदवारबीच कडा टक्कर, कुशवाहाले ११४६ मत पाउदा उपेन्द्रले १११७

काठमाडौं – बारा क्षेत्र नम्बर २ मा सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले अग्रता कायमै राखेको छ ।
सुरुवाती अग्रता लिएका जसपाका उम्मेदवार उपेन्द्र यदवलाई पछि पार्दै अग्रता लिएका कुशवाहाले ११४७ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।
जनमत पार्टीका उमेदवार कुशवाहालाई पछ्याइरहेका यादवले १११७ मत पाएका छन् । उनी कुशवाहाभन्दा २९ मतले पछाडि छन् ।
तेस्रोमा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत ल्याएका छन् । बारा दुईमा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनमत पार्टीका उम्मेदवार र गठबन्धनको समर्थन रहेका जसपा अध्यक्ष यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

