
तनहुँ-१ मा स्वर्णिमले कटाए १५ हजार मत
काठमाडौं – तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । आइतबार सम्पन्न भएको मतदानको आज बिहानदेखी गणना जारी छ । मतगणनाको प्ररम्भ देखी अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(का उमेदवार स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायम राख्दै १५ हजार मत कटाएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा हालसम्म २९ हजार ८०२ मत गणना हुँदा उनले १५ हजार १३५ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले आठ हजार ७३४ मतसहित वाग्लेलाई पछ्याइरहेका छन् ।
यस्तै, नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनालले चार हजार ९९९ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी भट्टराईभन्दा वाग्ले ६ हजार ४०४ मतले अघि छन्



कागजपत्र |
