


१८६६१ मत गणना हुँदा वाग्लेले कटाए १० हजार मत
भट्टराईले ५००३ र खनालले ल्याए २७९७ मत

तनहुँ – तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।
अहिलेसम्म १३ वडाको मत गणना सकिएको छ।
१८६६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्।
वाग्लेले १०२५९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २७९७ मत ल्याएका छन्।
हालसम्म ८ वडाको अन्तिम मतपरिणाम आएको छ। आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी-३, आँबुखैरेनी-४, भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु-४ र भानु-११, ऑबुखैरेनी-६, भानु-५ को मतगणना सकिएको हो।

