बारामा सकियो सर्वदलीय बैठक, साढे ९ बाट मतगणना गरिँदै


बारा — बारा क्षेत्र नं. २ मा बारा २ मा अहिले साढे ९ बजेदेखि गणना थालिने भएको छ ।

भर्खरै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय टुंगो लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ । तारजाली लगाएको मतगणना स्थलमा सिसि क्यामेरासमेत जडान भएको प्रजिअ सापकोटाले बताए ।

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन् ।

प्रतिक्रिया