

तनहुँमा वाग्लेको फराकिलो अग्रता, कसले कति मत ल्याए ?
बारा र चितवनको मतगणना केहिबेरपछि सुरु हुँदै

तनहुँ – तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन्।
करिब ७ हजार ५ सय मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन्। वाग्लेले ४३०३ मत ल्याउँदा भट्टराईले १९३३ मत प्राप्त गरेका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ११९८ मत प्राप्त गरेका छन्।
अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिएको छ।
आइतबार भएको उपनिर्वाचनमा त्यहाँ ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। २ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ।
तनहुँ १ मा विभिन्न ९ राजनीतिक दलले उम्मेदवार चुनावी मैदानमा रहे पनि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।
बारा-२ र चितवन-२ मा भने केहीबेरपछि मतगणना सुरु हुने छ।

