
उपनिर्वाचनका यी प्रमुख ७ उम्मेदवारले हाल्न पाउने छैनन् आफैंलाई भोट
काठमाडौं — बारा, चितवन र तनहुँमा उपनिर्वाचनको मतदान जारी रहेको छ । मतदान सुरु भएसँगै उत्साहजनक रुपमा मतदाताहरु मतदानस्थल पुगेका छन् ।
तिन वटै निर्वाचन क्षेत्रमा मुख्य उम्मेदवारहरुले आफूलाई मतदान गर्न भने नपाउने भएका छन् । बाराबाट उम्मेदवारी दिएका उपेन्द्र यादव, पुरुषोत्तम पौडेल र रमेश खरेलले आफूलाई मतदान गर्न नपाउने भएका छन् भने चितवनमा रवि लामिछाने र रामप्रसाद न्यौपानेले आफूलाई मतदान गर्न नपाउने भएका हुन् ।
यादव सप्तरी-२ का मतदाता हुन् । त्यसै गरी पुरुषोत्तम पौडेल बारा-३ र रमेश खरेल काठमाडौँ-१ का मतदाता हुन् ।
त्यस्तै रवि लामिछानेको काठमाडाैंमा र न्याैपानेको चितवन क्षेत्र नं. ३ मा मतदाता नामावली रहेको छ ।
त्यस्तै तनहुँमा स्वर्णिम वाग्ले र सर्वेन्द्र खनालले आफूलाई मतदान गर्न नपाउने भएका छन् ।
बाराका प्रमुख उम्मेदवार शिवचन्द्र कुशावाहा, चितवनमा जितनारायण श्रेष्ठ र तनहुँमा गोविन्द भट्टराईले आफूलाई मत दिनेछन् ।



कागजपत्र |
