

सन्दीपको तेस्रो विकेटसँगै नेपाललाई चौथो सफलता

काठमाडौं – सन्दीप लामिछानेको कीर्तिमानी विकेटसँगै लिएको थप २ विकेटसँगै नेपालले चौथो सफलता हात पारेको छ ।
३११ रनको लक्ष्य पछ्याएको ओमानले अहिलेसम्म १५ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ६३ रन बनाएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट र ललित राजवंशीले १ विकेट लिएका छन् ।

