

ओमानविरुद्ध कुशलको शानदार शतक

काठमाडौं — एसिसी प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्धको खेलमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गर्दै कुशल मल्लले शतक प्रहार गरेका छन्।
५९ बल खेलका मल्लले ९ चौका र ९ छक्काको मद्दतमा उनले १०१ रन बनाएका छन्। ६३ बलमा उनी १०८ रन बनाउँदै आउट भएका छन् ।
यसअघि मलेसियासँगको खेलमा पनि मल्लले अर्धशतकीय पारी खेलेका थिए।
४३ ओभरको खेल चलिरहँदा नेपालले ७ विकेटको क्षतिमा २४४ रन जोडेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो।
यस्तै कप्तान रोहित कुमार पौडेल पनि २३ रन बनाएर पेबेलियन फर्किए भने भीम सार्की पनि ३३ रन जोडेर आउट भए।
यसअघि मलेसियाविरूद्धको पहिलो खेलमा भने नेपालले ६ विकेटको शानदार जित हात पारेको थियो।

