

नेपाललाई पाँचौं झट्का

काठमाडौं – एसीसी प्रिमियर कपमा ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौँ विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले पाँचौँ विकेटको रुपमा आरिफ शेखलाई गुमाएको हो ।
३१.१ ओभरमा स्टम्प हुनुअघि आरिफले ४३ बलमा दुई चाकासहित २९ रन बनाए । आरिफले पाँचौ विकेटका लागि कुशल मल्लसँग ७५ रनको साझेदारी गरेका थिए ।
अहिले नेपालले ३२ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर १४८ रन बनाएको छ । नेपालका कुशल मल्ल ५९ र दीपेन्द्रसिंह ऐरी एक रनमा खेलिरहेका छन् ।
त्यसअघि, नेपालका दुवै ओपनर शून्यमा आउट भएका थिए । कप्तान रोहितकुमार पौडेल २३ र भीम सार्की ३३ रनमा पभेलियन फर्किएका थिए ।

