राजनीतिमा सत्ता र पदको लागि फोहोरी खेल भइरहेको छः प्रवक्ता प्रकाण्ड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले राजनीतिमा सत्ता र पदको लागि फोहोरी खेल भइरहेको टिप्पणी गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका प्रवक्ता प्रकाण्डले नीति र कर्तव्यको कुरामा भन्दा पनि माथिल्लो तहका व्यक्तिहरु पद र प्रतिष्ठाको लागि सौदावाजीहरु भईरहेको बताएका हुन् ।

‘राजनीति भनेको सत्ता र पदको लागि फोहोरी र षडयन्त्रमुलक खेल हो भन्ने छ । नीति नैतिकता र कर्तव्यको प्रसंग छैन् । जसरी पनि सत्ता र पद पुँजीवाद भन्ने चरित्रले स्वर्थको लागि विदेशीहरुसंग ठूलाठूला सौदावाजी र देशभित्र एकपछि अर्को अस्थिरताको खेल गर्ने प्रवृत्ति बढ्दो छ ।’ उनले भने ।

राज्य साधारण खर्च समेत धान्न नसक्ने स्थितिमा पुगेको बेला विकास र शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका कुरालाई प्राथमिकतामा राख्न नसकेको प्रवक्ता प्रकाण्डको भनाइ छ । उनले देशमा असुरक्षा र विकृतिहरु बढ्दै गएप्रति सरकारको ध्यानकर्षण पनि गराए ।

प्रतिक्रिया