अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा अर्थविद् पौडेल नियुक्त


काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतको आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन्।

उनी राष्ट्रिय योजना आयोगका यसअघिका उपाध्यक्ष समेत हुन् ।

संसदीय निर्वाचनमा चितवन १ बाट पराजित पौडेललाई अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा ल्याएका हुन्।

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्दै दीर्घकालिन सुधारका लागि कदम चालिरहेका अर्थमन्त्री डा. महतले बलियो टिम बनाएर अगाडि बढ्न खोजेका छन्।

प्रतिक्रिया