‘चोभार कोल्ड स्टोर’ सञ्चालनमा


काठमाडौं – कृषिजन्य उत्पादनको बजार सुनिश्चित गर्न चोभार कोल्ड स्टोर सञ्चालनमा आएको छ ।

कृर्षिजन्य वस्तुहरुको उचित मूल्यका साथ बजारीकरण गर्ने र स्वदेशी उत्पादनलाई विशेष टेवा पुर्‍याउने उदेश्यका साथ ३५ करोड लागतमा निर्माण गरिएको चोभार कोल्ड स्टोर गत शनिबारदेखि सञ्चालनमा आएको हो ।

काठमाडौंको टौदह, खहरेमा रहेको उक्त कोल्ड स्टोरको पच्चिस सय मेट्रिक टनसम्म कृषि वस्तु भण्डारण गर्ने क्षमता छ ।

चोभार कोल्ड स्टोर उद्यमी कृष्ण भक्त श्रेष्ठ र सुशील सिंघलले संयुक्त लगानीमा सञ्चालनमा ल्याएका हुन् ।कृषि उत्पादनले उचित मूल्य पाउने वातावरण मिलाउने उदेश्य सहित स्थानीय कृषकहरुलाई सेवा पुर्‍याउने हेतूले स्टोर निर्माणका लागि यस स्थानलाई छनौट गरिएको व्यवशायी श्रेष्ठले बताए ।

 

 

प्रतिक्रिया