एकीकृत समाजवादीकी नन्दा चपाईं बनिन् यातायात राज्यमन्त्री


काठमाडौं – नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् ।

उनलाई आइतबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

आजै एकीकृत समाजवादीकी नेतृ चपांइ यातायात राज्यमन्त्री र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई परराष्ट्र मन्त्रालयको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुलाई शपथ ग्रहण गराइएको हो ।

प्रतिक्रिया